हेटौंडाः मकवानपुर जिल्लाको हटिया घर भएका अधिवक्ता बाबुराम दाहाललाई सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहकारमा नियुक्त गरेको छ ।

कार्तिक २९ गते बसेको मन्त्रीपरिषद् बैठकले हेटौंडा उपमहानगरपालिका हटिया घर भएका दाहाललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो । तत्कालीन नेकपा एमालेका निर्वाचन विभाग सचिव समेत रहिसकेका दाहाल १९ वर्षदेखि कानुनी पेशामा आवद्ध छन् ।