माघ १३
काठमाडौं – नेपाली खेलाडी रोहित कुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् ।

यूएईसँगको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा शनिबार रोहितले नेपालले ब्याटिङमा किर्तिमानी अर्धसतकको बनाए । ५८ बलमा ५५ रन बनाएका रोहितले सात चौका हानेका थिए । यो अर्धसतकमा उनले भारतका महान क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको किर्तिमान तोडेका छन् ।

सचिनले सन् १९८९ मा पाकिस्तान बिरुद्धको टेस्टमा ५९ रन बनाउने क्रममा टेस्ट क्रिकेटमा कान्छो उमेरमा अर्धशतक प्रहार गर्ने किर्तिमान बनाएका थिए । सचिनको त्यति बेला उमेर १६ वर्ष दुई १३ दिन थियो ।

रोहितले अफ्रिदीले २३ वर्ष पहिले बानडेमा बनाएको रेकर्ड तोडेका छन् । अफ्रिदीले सन् १९९६ मो श्रीलंकाबिरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा अर्धसतक बनाएका थिए ।

त्यति बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष दुई सय १७ दिन थियो । रोहितको उमेर शनिबार १६ वर्ष एक ४६ दिन पुगेको छ । रोहितले अफ्रिदीको किर्तिमान ७१ दिनले तोडेका छन् । रोहितले सचिन र अफ्रिदीको किर्तिमान तोडपनि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले बधाई दिएको छ ।

रोहित वानडे क्रिकटमा डेब्यु गर्ने विश्वका चौथो कान्छो खेलाडी पनि बनेका छन् । रोहितले गतवर्ष नेदरल्याण्डसँग भएको एकदिवसीय सिरिजको दोस्रो खेलमा डेब्यु गरेका थिए । त्यतिबेला उनको उमेर १५ वर्ष तीनसय ३५ दिन थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बिश्वकै कम उमेरमा डेब्यु गर्ने खेलाडी पाकिस्तानका हसन राजा हुन् । उनले सन् १९९६ मा जिम्बावेविरुद्ध १४ वर्ष दुईसय ३३ दिनको उमेरमा डेब्यु गरेका थिए ।

यसैगरी केन्याका गुरदिप सिंह सन् २०१३ मा अफगानिस्तानबिरुद्ध डेब्यु गर्दा १५ वर्ष दुई सय ५८ दिनका थिए । तेस्रो नम्बरमा क्यानडाका खेलाडी नितिश कुमार छन् । सन् २०१० मा अफगानिस्तानसँग डेब्यु गर्दा नितिसकोउमेर १५ वर्ष दुई सय ७३ दिन थियो ।

यसैगरी, रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपाली खेलाडी पनि बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र सुबास खकुरेलले अर्धशतक बाएका थिए ।