पहिलो समाचार
हेटौडा, माघ ९ / सरकारका रक्षामन्त्री इश्वर पोखरेलले पार्टी कार्यकर्ताहरुसँगको भेटघाट पश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारलाई कतिपय अवस्थामा कानूनी अडचनले गर्दा काम गर्न अपठ्यारो रहेको बताउनुभयो ।
आगामी चैत्र भित्र आवश्यक कानूनका सबै विषय टुङ्गिने भन्दै रक्षामन्त्री पोखरेलले डाक्टर गोविन्द के.सी.का सबै मागहरुका विषयमा प्रतिवेदन आईसकेको र सोही अनुसार हुने धारणा राख्नुभयो । निर्मला हत्या र वाईडबडी विमानका विषयमा गरिएको प्रश्नमा पोखरेलले अनियमितता र कानूनविपरित कुनैपनि कार्यका लागि सरकारले सम्झौता नगर्ने दावी गर्नुभयो । सुरक्षा संयन्त्रको बैठकमा भाग लिन रक्षामन्त्री पोखरेल हेटौंडा आइपुग्नुभएको थियो ।