सांकेतिक तस्वीर

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ सयभन्दा बढी पुगेको छ । आइतबार कोरोनाका थप १ सय ६६ जना नयाँ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या १५६७ पुगेको हो ।

संक्रमितमध्ये पुरुषको संख्या १ हजार ४५० छ, भने ११७ जना महिला छन्। पछिल्लो पटक थपिएका संक्रमितमा १६२ पुरुष र ४ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहटमा २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोट र दैलेखका १८,१८, सप्तरी राजगढका १२ जना, सर्लाहीका १० जना, बाँकेका ८ जना, पर्सा र कपिलवस्तुका ५,५ जना, झापाका ४ जना, कैलाली र बाजुराका ३,३ जना, स्याङ्जाका २ जना, तनहुँ र मोरङका एक,एक जना तथा सुर्खेतकी चार महिने एक बालिकामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिडिया ब्रिफिङमा जानकारी दिएका हुन् ।

उनले अब १ हजार ३३९ जना संक्रमित देशका विभिन्न अस्पतालमा उपचाररत रहेको पनि जानकारी दिएका छन् । जसमध्ये प्रदेश १ मा १३५ जना, प्रदेश २ मा ५१९ जना, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा २०, प्रदेश ५ मा ५०९, कर्णाली प्रदेशमा १२२ र सुदूरपश्चिम प्रदेशमा २० जनाको उपचार भइरहेको छ।

हालसम्म २२० जना उपचारपछि निको भई घर फर्किएका छन्, भने संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ ।