सिरहाको गोलबजार नगरपालिका–९ मा रहेको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरलाई कामबाट निकालिएपछि आत्महत्या गरेका छन् ।
उद्योगमा विगत १६/१७ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आएकी सोही ठाउँ बस्ने अनितादेवी पासवानलाई उद्योगले निकालेपछि उनले मंगलबार पासो लगाएर आत्महत्या गरेकी हुन् ।
उनको आत्महत्यापछि आक्रोशित मजदूरहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत उद्योगको गेटमै उचित क्षतिपूर्तिको माग गर्दै चक्काजाम गरेकोमा प्रहरीले बल दुई घण्टापछि राजमार्ग खुलाएको थियो ।
आफूलाई अवकास दिइएको बारे समेत जानकारी नपाएकी पासवान आज मंगलबार विहान कामगर्न जाँदा उनलाई प्रहरीको सहयोगमा अपमानजनक ढंगले उद्योगबाट निकालिएको अन्य मजदुरले जनाएका छन् ।
व्यवस्थापनले उद्योगको हित विपरित कार्यगरेको भन्दै उनलाई अवकास दिएको बताएको छ ।
उद्योग व्यवस्थापनले उनीसँगै मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष समेत रहेका विनोद कुमार महतो, सभ्य कुमार यादव, मोहन कुमार यादव र मिथिलेश कुमार यादवलाई पनि एक महिनाको लागि निलम्बन गरेको छ ।
घटनापछि उद्योग व्यवस्थापनले मजुदरहरुलाई बार्ताको लागि बोलाएपनि उनीहरु सामूहिक रुपमा बार्ताको माग गर्दै आएको छ । यता उद्योग व्यवस्थापनले भने घटनापछि मजदुरहरुसँग बसेर वार्ताको प्रयास भइरहेको बताएको छ । -रातोपाटीबाट