जोर्नी र घुँडा दुख्ने अनेकौं कारणमध्ये घुँडाको हड्डी खिइनु ओस्टियोआर्थराइटिस मुख्य कारण हो । हड्डी खिइनु प्राय बुढ्यौलीको रोग हो जुन महिलामा र अधिक वजनका मानिसमा बढी देखिन्छ।

हड्डी खिइने कारण

ओस्टियोआर्थराइटिस तब हुन्छ जब हड्डीको छेउमा रहेको कुरकुरे हड्डी कार्टिलेज बिस्तारै बिग्रन्छ।कार्टिलेजले जोर्नीको हड्डीमा विनाघर्षण गति प्रदान गर्ने काम गर्छ। अन्ततः जब यो घुँडाको कुरकुरे हड्डी पूर्ण रूपमा तल झर्छ, हड्डीले हड्डीमा घर्षण गर्न शुरु हुन्छ, जसले गर्दा घुँडाको हड्डी खिइन सुरु हुन्छ।

जोखिम बढाउन सक्ने प्रमुख कारण

– बढ्दो उमेर ।

– महिला, विशेषगरी महिनावारी रोकिएपछि।

– अधिक वजन जसले गर्दा घुँडामा धेरै जोड पर्छ र हड्डी खिइन शुरु हुन्छ।

– पुरानो जोर्नीको चोट र कमजोर मांसपेसी।

– लामो समयसम्म उभिएर काम गर्ने।

– बंशाणुगत।

यस्ता देखिन्छन लक्षण

– घुँडाको दुखाइ, सामान्यतया लामो समयसम्मको प्रयोगपछि वा निष्क्रियताको अवधिपछि।

– घुँडाको जोर्नी कक्रक्क हुनु जसले गर्दा घुँडा खुम्च्याउन वा सोझो बनाउन गाह्रो हुने।

– घुँडाको जोर्नी वा जोर्नी वरिपरि दबाउँदा दुख्ने।

– घुँडाको जोर्नी लचिलो नहुनु, जसले गर्दा हिंड्न या खुट्टा चलाउन गाह्रो हुने।

– हिँड्दा वा घुँडा चलाउँदा कर्यागक्क आवाज आउने।

– कोही कोहीमा घुँडा सुन्निने, रातो, तातो हुने गर्छ।

कसरी गर्ने उपचार

खिइएको हड्डी उल्टाउन त मिल्दैन, तर समयमा उपचार गर्यो भने पीडा कम गर्न र भविष्यमा निम्तिनसक्ने जटिल समस्याहरुलाई रोक्न भने अवस्य सकिन्छ।

– तौल बढी भए उचित व्यायाम र खानपिन मिलाएर तौल घटाउने, जसले गर्दा घुँडामा शरीरको वजन कम गराएर दुखाइ र घर्षण कम गराउन मद्दत गर्छ।

– घुँडाको जोर्नीलाई तातो बनाउने जसले गर्दा दुखाइको महसुस कम हुन्छ।

– चिसोबाट सकेसम्म जोगिने।

– धेरै समयसम्म उभिएर काम नगर्ने।

– लामो समय हिँड्दा लाठी वा कुनै सहारा लिएर बिसाउँदै बिसाउँदै हिँड्ने।

– धेरै दुखेको खण्डमा दुखाइ कम गर्ने औषधि खाने ।

– धेरै नै पुरानो र लामो समयदेखि दुखेको छ र हड्डी धेरै नै खिइएको छ भने सुई लगाउने, घुँडामा सानो प्वाल बनाएर जोर्नी सफा गर्ने लगायतका उपचारहरु गर्न सकिन्छ।

यदि माथि उल्लेखित उपचार विधिले दुखाई कम नभएको खण्डमा शल्यक्रिया गर्नु अन्तिम विकल्प हुन्छ।

घरेलु उपचार विधि र प्राकृतिक खानपिनबाट पनि केही हदसम्म दुखाइ कम गर्न सकिन्छ।

– हर्वल चियाको सेवनले कुरकुरे हड्डीलाई जोगाउँछ ।

– थोरै मात्रामा दैनिक अदुवाको सेवनले दुखाइ कम हुन्छ ।

– बेसार र मरिच खानाले हड्डीको दुखाइ र कडापनलाई कम गर्छ ।

– सक्रिय जीवनशैली जस्तै हरेक दिन योग गर्ने, हिंड्ने, साइकल चलाउने आदि गर्नाले मांसपेसीलाई मजबुत बनाउनुका साथै दीर्घकालीन रुपमा दुखाइ कम गर्छ ।

– सन्तुलित आहारको सेवन गर्ने जस्तै ब्रोकाउली, माछा तुना, साल्मन माछा, बदाम, ओखर, चिल्लोपना कम भएका दूधजन्य उत्पादनहरू ।

– विशेषगरी महिनावारी रोकिएका महिलाहरुले आफ्नो खानामा क्याल्सियम र भिटामिन डी भएका खानेकुरा फलफूलहरु खाने।

तसर्थ, घुँडाको दुखाईलाई गम्भीरतापूर्वक लिएर समयमै उपचार सुरु गर्दा हड्डी खिइने र भविष्यमा हुनसक्ने समस्याहरुबाट केही हदसम्म आफ्नो जीवनशैलीलाई सरल र सहज बनाउन सकिन्छ।

घुँडा दुखाईमा फिजियोथेरापीको भूमिका

घुँडा भनेको तिनवोटा हड्डीले बनेको जोर्नी हो, जस्को एक पाइलाबाट अर्को पाइला सार्नमा महत्वपुर्ण भूमिका रहेको हुन्छ्र मान्छेको ठाडो शारीरिक बनावटले गर्दा हिड्ने बेलामा शरीरको भार एक खुट्टाबाट अर्को खुट्टामा हुदै भुइमा जाने भएकोले गर्दा शारीरिक तौल बढि भएको मान्छेमा घुँडाको हड्डी चाडै खिएर धूडा दुख्ने समस्या धेरै देखिन्छ्र

घुँडा दुख्ने समस्या धेरैजसो बृद्ध बृद्धामा देखिने भए तापनि बिभिन्न संक्रमनले गर्दा वा चोटपटक लागेर जुनसुकै उमेरमा घुँडा सुन्निने र दुख्ने हुन्छ्र महिलामा पुरुषको भन्दा बढि घुँडा दुख्ने समस्या भएको देखिन्छ ।

घुँडा दुखेको कसरी थाहा पाउने

हिड्दा गाह्रो हुने वा घुँडामा दुखने

बसेर उभिदा घुँडामा असजिलो हुने

एकछिन हिड़े पछि घुँडामा पोल्ने वा दुखेर हिड्न गाह्रो हुने

उकालो चढ्दा,ओरालो झर्दा ,भर्याङ्ग चढ्दा वा झर्दा घुँडा दुखेमा घुँडा दुख्ने

घुँडामा जकड़न भएको अनुभव हुने

घुँडा दुख्ने कारणहरु के के हुन्

बाथ
घुँडा दुख्ने कारणहरु मध्ये धेरै जसो विभिन्न प्रकारका बाथ रोगले गर्दा दुखेको पाइन्छ जसलाई आर्थराइटिस पनि भनिन्छ ्र

हड्डी खीइएर

बृद्धा अवस्थामा हड्डीमा क्याल्सियम वा अन्य पदार्थ र सैनोभिएल फ्लूइडको मात्रा कमीले गर्दा हड्डी खिएर घुँडा दुख्ने समस्या उत्पन्न हुन्छ जस्तै(ओस्टोअर्थ रैटिस्र

नशा च्यापिएर

कहिले काही ढाडमा नशा च्यापिएको कारणले पनि घुँडा धुख्ने समस्या देखिन्छ ्र

मांशपेशीको जकड़न

घुँडा चलाउन साहेता गर्ने मांशपेशीहरुको जकड़नले गर्दा पनि घुँडा दुख्ने समस्या देखिन्छ ्र खास गरी जाडोमा चिसोले गर्दा मांशपेशीको जकड़न बढि देखिन्छ ्र
मसल्स वा लिगामेंट टिअर

घुँडा वरिपरिका मांसपेशीहरु वा लिगामेंटहरु टिअर भएर पनि घुँडा दुख्ने हुन्छ ्र बिशेषगरी खेलाडीहरुमा सामान्य हुन्छ जस्तै एनटेरिअरक्रूसीएट लिगामेंट टिअर भएको देखिन्छ ्र

मन्सपेशि कम्जोर

चोट पटक लागेर वा नशामा कुनै समस्या भएर घुँडा चलाउन साहेता गर्ने मन्सपेशिहरु कमजोर भएकोले गर्दा पनि घुँडा दुख्ने हुन्छ ्र

संक्रमण

घुँडाको जोर्नीमा संक्रमणहरु जस्तै साइनोबाइटिस,इफ्युजन,पटेलर टेनडनाइटिस् इत्यादी भएकोले गर्दा पनि घुँडा दुखेको पाइन्छ ्र

अन्य कारणहरु

हड्डीको घनत्व कम भएर हुने समस्या जसलाई ओस्टोपोरोसिस् त्यसै गरी धेरै हिडने मान्छेहरुमा आई टि ब्याण्ड टेनड्नाईटिस् जस्ता समस्या भएको पाइन्छ पाइन्छ भने मसल्स स्पजमले गर्दा र केहि कारणले खुट्टाको हड्डी भाचेर प्लास्टर लगाउनु परेमा तेस पश्चात घुँडाको जोर्नी जाम भएर पनि घुँडा दुख्ने हुन्छ ्र

घुँडा दुख्ने समस्या भएमा कुन बेला फिजियोथेरापीमा जाने

घुँडा नियमित दुख्न थालेमा,हिड्न गाह्रो हुने भएमा ,बसेर उभिदा गारो भएमा वा घुँडा सुनिएमा फिजियोथेरापीमा गई रोगको निदान गरी उपचार ,रोकथाम,निर्मुल गरी फेरि हुन बाट पनि जोगाउन फिजियोथेरापीमा जाने ्र

फिजियोथेरापी कति समय सम्म गर्नु पर्ने हुन्छ

फिजियोथेरापीको कुनै निश्चित अबधि हुदैन त्यसैले दुखाई हुनु जेल सम्म नियमित फिजियोथेरापी सेन्टरमा गई नियमित दुखाई कम गर्ने मेसिन लगाउने र दुखाई कम भए पछि सिकायिएको ब्यायाम नियमित घरमा गर्ने र भएको समस्या लाई रोकथाम गर्न भनिएको साबधानी अपनाउनु पर्ने पनि उतिनै आवस्यक हुन्छ ।ज्ञानविज्ञानबाट साभार