हेटौंडाः मनहरी गाउँपालिका–६, मा रहेको संयुक्त जनजागृति दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको भएको छ ।

मनहरी गाउँपालिका–६ का वडा सदस्य कमला सुनारको प्रमुख आतिथ्यतामा सञ्चालन भएको साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । संस्थाले वर्षभरी गुणस्तरीय दुध, धेरै मात्रमा दुध पुर्याउने व्यक्ति तथा एकल महिलालाई सम्मान गरेको हो । कार्यक्रममा संस्थाको वार्षिक आयव्यय विवरण लेखा संयोजक रमेश कार्कीले प्रस्तुत गरे ।

संस्थका अध्यक्ष शिवलाल मुक्तानको सभाध्यक्षतामा साधारणसभा भएको हो । राष्ट्रिय मावि सुनाचुरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादु थिङ, सुनादेवि टोल विकास संस्थाका अध्यक्ष गोपि लाल तामाङ, भुलचोक खयरघारी टोल विकास संस्थाक अध्यक्ष सूर्य बहादुर बिक लगायतको उपस्थिति रहेको थियो ।