काठ्माडौ,२१ जेठ । सरकारले आगामी वर्ष आईडीए वल्ड बैंकबाट १ खर्ब १९ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ र एशियाली विकास बैंक एडीबीबाट ७९ अर्ब ८० करोड ८० रुपैयाँ ऋण तथा अनुदान लिने बताएको छ ।
यसैगरी भारतबाट ६८ अर्ब ९५ करोड २३ लाख, राष्ट्रसंघबाट १ अर्ब ९६ करोड ९५ लाख, चीनबाट १५ अर्ब ८० करोड, फिनल्याण्ड संयुक्त कोषबाट १ अर्ब ४ करोड रुपैयाँ, जर्मनीबाट १ अर्ब ४५ करोड रुपैयाँ, जापानबाट १४ अर्ब ४९ लाख रुपैयाँ ऋण तथा अनुदान लिने योजना अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएका छन् ।
यसैगरी कोरियाको एक्जिम बैंकबाट २५ करोड रुपैयाँ, कुवेतको कुवेत विकास कोषबाट १ अर्ब ६० करोड ६७ रुपैयाँ, स्वीजरल्याण्डको एसडीसीबाट २ अर्ब ७४ करोड ०६ लाख रुपैयाँ, साउदी अरबको साउदी विकास कोषबाट ३ करोड ३४ करोड ३९ लाख रुपैयाँ, बेलायतबाट १ अर्ब ५१ करोड ०३ लाख रुपैयाँ, अमेरिकाबाट ६ अर्ब ४० करोड १० लाख रुपैयाँ, युरोपियन युनियन ५ अर्ब २७ करोड ८२ लाख रुपैयाँ र दाताको संयुक्त कोषबाट ७ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ उपलब्ध गराउने सरकारी योजना छ ।