काठमाण्डौ,२९ चैत्र । हरेक नेपालीको टाउकोमा झण्डै ३२ हजार रुपैयाँको ऋणको भारी रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदन अनुसार हरेक नेपालीको टाउकोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण रहेको छ । यो रकम आर्थिक वर्ष २०७३र७४ को भन्दा ७ हजार ४३ रुपैयाँले धेरै रहेको महालेखाले जनाएको छ । आथिक वर्ष २०७४र७५ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड रहेको छ । जसमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ अर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड रहेको छ । ऋण दायित्व गएको वर्षको तुलनामा ३१।१९ प्रतिशतले अर्थात् २ खर्ब १७ अर्ब ६२ करोड वृद्धि भएको महालेखाले जनाएको छ । कुल ऋणमध्ये आन्तरिक ऋण ४२।७३ प्रतिशत र वैदेशिक ऋण ५७।२७ प्रतिशत रहेको छ ।