काठमाडौँ,२८ चैत्र । इन्टरनेटको पहुँचमा रहेका हरेक घरका बालबालिका बिहानदेखि बेलुकासम्म एकैठाउँमा बसेर अनलाइन मार्फत खेलिने पब्जी खेल खेल्थे । कतिपय अभिभावक पनि त्यो लतबाट बिमुख थिएनन् । कतिपयले आफ्ना बालबालिकाहरुमा मानसिक समस्यासमेत देखिने चिन्ता व्यक्त गर्दथे ।
त्यसैलाई मध्यनजर गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिए ।