हेटौडा,१६ चैत्र । मकवानपुरको बकैया गाउँपालिका वडा न. १ रजुवाका ७२ वर्षीया जगत बहादुर थोकर र उहाँकी श्रीमतिको अवस्थाप्रति जो कोही पनि स्तब्ध हुन्छ । जसोतसो दैनिकी चलाउदै जीवन धानिरहेका उहाँहरुलाई साथ र सहयोग गर्ने पारिवारिक सदस्यहरु नहुँदा निकै अप्ठ्यारा दिनहरु व्यतित गरिरहेको पाइएको छ । आँखा नदेख्ने श्रीमति आफ्नो जीर्ण शरीर र बौद्धिक अपाङ्ग एक छोराको साथमा आफूले कठिनपूर्ण दिनहरु काटिरहेको जगत बहादुर बताउनुहुन्छ ।
आफ्नो र श्रीमतिको आँखा दुबैको मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने भएको छ । आफ्नै वडामा संचालित आँखा शिविरले अप्रेशनको लागि दुबैलाई आग्रह ग¥यो । सोही अनुसार शल्यक्रियाको लागि तयार भएर हेटौडाको सामुदायिक आँखा अस्पतालमा आउने वातावरण बनाएका छन् । दुबैको आँखाको शल्यक्रिया गर्दा एकअर्कालाई सहारा समेत बन्न नसक्ने अवस्थाले उनीहरुलाई पिरोलेको छ । एउटा भएको छोराको अवस्था पनि नाजुक भएपछि आँखा नदेख्ने श्रीमतिलाई लिएर जगतबहादुर भौतारिरहेका छन् ।