काठमाडौँ,१५ चैत्र । लगानी सम्मेलन २०१९ आजबाट सुरु हुँदै छ ।आज शुक्रबार ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग र पर्यटनका विषयमा आयोजनहरूको जानकारी प्रस्तुत हुनेछ । दोस्रो दिन शनिबार पूर्वाधार, कृषि, नेपालमा लगानीको अनुभव सेयर, अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान हुनेछ । शनिबार साँझ ६ बजे सांस्कृतिक कार्यक्रमसहित सम्मेलनको औपचारिक अन्त्य हुनेछ । सम्मेलनमा ४० मुलुकका ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुँदैछ । यतिकै संख्यामा नेपाली लगानीकर्ताको पनि सहभागिता रहने लगानी बोर्डले जनाएको छ।
दुई दिने सम्मेलनमा कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा एव स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सार्वजनिक ५० र निजी २७ गरी ७७ परियोजना प्रस्तुत हुनेछ ।