पत्रिकारितामा विवादित बनेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । व्यक्तिगत तवरमा निकृष्ट गालीगलौज गरिएको भन्दै अनेरास्ववियु (क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामिछानेमाथि कारबाहीको माग गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष बस्नेतले लामिछानेले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् भन्ने चेतावनी समेत दिएका छन् । बस्नेतले प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लंदै गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ? भन्ने प्रश्न समेत गरेका छन् ।

बस्नेतले लेखेका छन् ‘प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लंदै गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ? उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय बनाइयोस् । उनले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् ।’
विभिन्न सञ्चारमाध्यमबाट