काठमाडौं,३० फागुन । प्रतिवन्धित विप्लव समूहका नेताले नेपाल कम्युनिस्ट पार्टीले व्यक्ति हत्याको कुनै योजना नबनाएको बताएका छन् । नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या योजनाको खण्डन गरेका हुन् ।

उनले नेकपाले व्यक्ति हत्याबारे पार्टीले सोच्दा पनि नसोच्ने बताए । “त्यो केवल षड्यन्त्र हो । संविधान, ऐन कानुन विरोधी हर्कत हो,” उनले भने, “प्रतिबन्धको औचित्य पुष्टि गर्न सरकारले आफैँ डायरी तयार पार्न लागेको उनको भनाई छ ।