हेटौंडा,२९ फागुन
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठन भएको मधेश, थारु आन्दोलनको बारेमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गदै राजपाले बैठक अवरुद्ध गरेको हो ।
राजाप सांसदहरु उठेर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले १० मिनेटका बैठक स्थगित गरेको घोषणा गरे । बैठक सुरु हुनासाथ राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने र बहिष्कार गरिरहने धारणा राखेका थिए ।
सरकारले पटक पटक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएपनि विभिन्न बहानामा पन्छाइरहेको आरोप उनले लगाएका छन् । प्रतिवेदन समार्वजनिक भयो भने कैलालीको टिकापुर घटनालगायत मधेश तथा थरुहटमा भएको आन्दोलनको सत्य तथ्य बाहिर आउने बताउँदै उनले प्रतिवेदन सार्वजनिक भए आन्दोलनकारीले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।