काठमाडौं,२८ फागुन। प्रधानमन्त्री केपीशर्मा ओली र नेकपा अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् हेरफेरबारे छलफल भएको छ।

अध्यक्ष प्रचण्डले मंगलबार विराटनगर विमानस्थलमा सञ्‍चारकर्मीसँग कुरा गर्दै भने– ‘मन्त्रिपरिषद् हेरफेरबारे छलफल भएको छ। आज बिहान पनि प्रधानमन्त्री र मेरो यस विषयमा कुरा भएको थियो। आवश्‍यक परे भने छलफल गरेर सामान्य हेरफेर गर्न सकिन्छ।’
प्रचण्डले थपे–‘मन्त्रीहरुको काम र क्रियाकलापको विषयमा प्रधानमन्त्रीले मूल्यांकन गर्नुभएको होला। तपाईंको अधिकार क्षेत्रभित्रको कुरा भएकोले आवश्‍यक मूल्यांकनका आधारमा छलफल गरेर हेरफेर गर्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीज्यूलाई भनेको छु।’