हेटौंडा, २८ फागुन:
युसेस बचत तथा ऋण सहकारी संस्थाले नबौं स्थापना दिवसको अवसर पारेर सोमबार हेटौंडा–१५ रातोमाटेस्थित दिब्य सेवा निकेतनको जेष्ठ नागरिक आश्रममा खाद्यान्ह सहयोग गरेको छ । सहकारीका अध्यक्ष उत्तम शर्मा ढकालले निकेतनका हेटौंडा अध्यक्ष चम्पुसिंह वाईबालाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

दाल, चामल, आँटा, फलफूल लगायतका खाद्यान्न हस्तान्तरण कार्यक्रममा निकेतनका केन्द्रीय अध्यक्ष तेजराम निरौला, संरक्षक सुनिता बाई, युसेसका उपाध्यक्ष ह्यग्रीब आचार्य, पूर्बअध्यक्ष सिद्धिलाल श्रेष्ठ, बुद्धशरण लामा, ऋणसमिति संयोजक भरतबहादुर रोक्का, अनुगमन समितिका राजनप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

आश्रममा रहेका केही जेष्ठ नागरिकको नेपाली नागरिकता समेत नभएका कारण समस्या परिरहेको र नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा प्रयास गरिएको अध्यक्ष निरौलाले जानकारी दिए । २४ जना जेष्ठ नागरिकले आश्रय लिइरहेको निकेतनमा १६ वटा गाईपालन गरी सबै जेष्ठ नागरिकलाई दूग्ध पदार्थ उपभोग गर्न दिइएको छ । आश्रममा तरकारी खेती गरी आफ्नै उत्पादन उपभोग गरिएको बताइएको छ ।