हेटौंडा,२७ फागुनः विद्यार्थीको पहलबाट मकवानपुका साझा यातायातमा ४५ प्रतिशत छुट कार्यान्वयनको निर्णय भएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मकवानपुरमा सार्वजनिक सवारीहरुको लापरवाहीले विद्यार्थीहरु मर्कामा परेको भन्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई फागुन २३ गते ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बेलुका ६ बजेपछि हेटौंडा बजारबाट हेटौंडाका विभिन्न स्थानमा जाने साझा सवारीसाधन नपाईने अनि अटोरिक्साको भरपर्दा विद्यार्थी मर्कामा पर्ने गरेको भन्दै प्रजिअ तामाङ्सहित नारायणी यातायातका अध्यक्ष ज्ञानेन्द्र कार्की, मकवानपुर साझा यातायातका रविन्द्र के.सी र विद्यार्थी प्रतिनिधीहरु रामकृष्ण शिवाकोटी, विकेव जयसवाल, पुजन न्यौपाने लगायतले आज सोमबार बैठक बसी निर्णय गरेको हो ।

विद्यार्थी परिचयपत्रको आधारमा सवारी साधनले छुट दिने, साझा बसमा ४५ प्रतिशत छुट, टेक्पो तथा मझौला व्यवसायी संघद्वारा संचालित सवारीमा पनि विद्यार्थीहरुलाई प्रचलित नियम अनुसार छुट र विद्यार्थीहरुलाई मध्यनजर गर्दै बेलुका ७ बजेसम्म सवारी साधन संचालन गर्ने निर्णय भएको छ । प्राप्त जानकारी अनुसार बैठकका निर्णयहरु चैत १ गतेदेखि लागु हुनेछन् ।