आज ८ मार्च अर्थात् महिला दिवस । ८ मार्चमा महिला दिवस विश्वभर मनाइन्छ ।
राजनीतिक आन्दोलनबाट शुरु भएको भएको महिला दिवस हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यस दिवस सर्बप्रथम १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा विश्वभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको पाइन्छ ।
लैंगिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार भन्ने मूल नाराका साथ आज देशभर १०९औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्धको विभेद र उत्पीडन अन्त्यमा सहयोग गर्न सबैमा आग्रह गर्दै शुभकामना व्यक्त गरेकी छन् ।
दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले महिलाविरुद्धको विभेद र उत्पीडन अन्त्यमा सहयोग गर्न सबैमा आग्रह गरेकी हुन् । संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानता समेटिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यसको कार्यान्वयनमा जोड दिएकी छन् ।
सन् २०३० सम्ममा पूरा गर्ने गरी तय गरिएको लक्ष्य पूरा भएमा नेपाल महिलाका लागि अनुकरणीय देश बन्ने राष्ट्रपतिको भनाई छ । दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।