हेटौंडा,९ पौष । नेपाल प्रगतिशील प्राध्यापक संगठन,त्रिभुवन बिश्वबिद्धालय बन बिज्ञान अध्यन सस्थान हेटौंडा क्याम्पस इकाई समितिको बुधबार भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। सह प्राध्यापक राजिब कुमार कर्णको सभाअध्यक्षतामा भएको सभामा नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठनका केन्द्रीय सदस्य भोजराज ढकालको प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि ढकालले प्राध्यापक संघसंगठनका औचित्य बारेमा बोल्दै प्राध्यापकहरुका समस्या र दायित्वको बिषयमा समेत चर्चा गर्नुभयो ।सभामा सह प्राध्यापक डा.ललित कुमार लाल दास, उप प्राध्यापकहरु योगेन्द्र यादव, दामोदर गैरे, ईश्वर थापा,नारायण तिमल्सिना, सन्जिब भट्टराई, बिष्णु प्रसाद पान्डे, समी श्रेष्ठ, प्रदीप बरालको उपस्थिति रहेको थियोे ।भेलाले उप प्राध्यापक योगेन्द्र यादव अध्यक्ष रहने गरि नौ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ। जसको उपाध्यक्षमा ईश्वर थापा, सचीवमा सन्जिब भट्टराई, काेषाध्यक्षमा समी श्रेष्ठ र सदस्यहरुमा नारायण तिमिल्सिना, दामोदर गैरे, बिष्णु प्रसाद पान्डे, प्रदीप बराल, बिक्रम मानन्धर रहनुभएको छ।
