नानी माया विष्ट,हेटौंडा

लामो समयको अन्तरालमा हावा र पानीमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । जल वायूको कुनै सिमाना हुँदैन, त्यसैले यो कुनै एक देश मात्र भन्दा पनि पुरै पृथ्वीसंग सम्बन्धित छ। उत्पत्तिको सुरुवातिमा पृथ्वी तातो डल्लो थियो, समयक्रममा यो सेलाएर एककोषिय, बहुकोषिय जीवको उत्पत्ति र विकाश हुँदै विभिन्न कालखण्डमा महाप्रलयबाट परिवर्तन र बिलयसंगै आजको  अवस्थामा यो पृथ्वी, यहाँ बस्ने सजिव र निर्जीव आइपुगेका छन् । जलवायू परिवर्तन आफैमा प्राकृतिक प्रक्रिया पनि  हो . प्राकृतिक प्रक्रियाबाट सिर्जित जलवायू परिवर्तन हाम्रो बसमा छैन। मानव बिकाश संगै कृत्रिम आविष्कार र बिकाशको गति द्रुत छ, औधोगीकरण तिब्र छ । जिवाश्म इन्धनको प्रयोग, बन बिनाश, कृषि, उद्योग जलवायू परिवर्तनका कारक तत्वहरु हुन्, यी कार्यहरुबाट हरितजन्य ग्याँसहरु पृथ्वीको सतहमा जम्मा हुन्छन् , यिनीहरुले सुर्यबाट आएको तापलाई पृथ्वीमै रहने गरि छेक्छन, पृथ्वीको तापमानमा वृद्धि हुन जान्छ । पानीको वाफ, कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड , ओजोन, फ्लुओरिनेटेड ग्याँसहरु हरित ग्याँसहरु हुन् । हरितगृह ग्याँस यदी नहुँदो हो त, पृथ्वीको तापक्रम -१८ डिग्री सेल्सियस भन्दा कम हुने थियो । मानिसहरुका गतिविधिको कारण  हावामा हरितगृह ग्याँसको मात्रा बढ्दो छ । हामीले दैनिक जीवनमा यि हरित जन्य ग्याँसको उत्सर्जनमा कम गर्न जरुरी छ, त्यसका लागि तलका केहि कुराहरु हाम्रो दैनिक जिवनमा लागू गर्न सकिन्छ ।

– कम सवारी चलाउने, हिड्ने, सार्वजनिक सवारीको बढी प्रयोग गर्ने, बिजुलिजन्य गाडीहरु मेसिनरी सामान प्रयोग गर्ने ।

– प्लास्टिकजन्य सामानको पुनः प्रयोग, कम प्रयोग, पुनः चक्रिकरण गरि प्रयोग गर्ने ।

– अनावस्यक रुपमा बत्ति, इलेक्ट्रोनिक्स हरु खुल्ला नराख्ने ।

– जलवायू परिवर्तनका कारण, यसका असरहरु र अनुकुलनका उपाय  बारे जनचेतना फैलाउने,  .

– बिरुवा रोपन गर्ने, काठ जन्य पैदावारको प्रयोग बढी गर्ने ।

–  नेपाल हिन्दु कुश पर्वतीय क्षेत्रमा पर्छ । हिन्दु कुश क्षेत्र औसत पृथ्वी भन्दा २ गुणा बढी तातेको अनुमान गरिएको छ । जलवायू परिवर्तन सम्बन्धि अन्तरसरकार स्तरीय प्यानलले गरेको अध्ययन अनुसार औधोगीकरण सुरु भए पश्चात पृथ्वीको तापमान १ डिग्री सेल्सियसले बढेको छ र सन् २१०० सम्म २.७ डिग्री सेल्सियसले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

जलवायू परिवर्तनको कारणबाट पृथ्वीको तापमानमा वृद्धि भइ हिउँका धिक्काहरु सुक्ने, समुन्द्रमा पानीको सतह वृद्धि हुने फलस्वरुप  तटीय देशहरु डुबान हुन जस्ता  सक्ने खतराहरु बढ्ने, मानव स्वास्थ्य लागायत सिंगो जैविक विविधतामा नकारात्मक असर पर्ने, मौसममा खराबी आउने, अतिवृष्टि, अनावृष्टिका समस्याहरु देखिने हुन्छ । नेपालमा हिउँका ढीक्काहरु कालापथ्थरमा परिवर्तन हुँदै छन्, हिमतालहरु फुट्ने खतरा देखिएको छ , मानव स्वास्थ्य र जैविक बिबिधतामा प्रतिकुल असर देखिएका छन् । लालीगुराँसले पहिलेकै समयमा फुल्दैनन्, कोइलीहरु गित पहिलेकै समयमा सुनिदैनन्, पहिले धान रोप्ने समयमा पानि पर्दैन, प्रजातिहरुको बाहुल्यता घटेको छ , लोप हुने अवस्थामा छन्, मिचाहा प्रजातिको असरले कृषि तथा बन क्षेत्रलाइ नकारात्मक असर परेको छ । प्राकृतिक प्रकोप बाढी, पहिरोको जोखिम बढ्दो छ । समग्र जमिनको उत्पादकत्व नै घटेको छ ।

जलवायू परिवर्तनको दर कम गर्न अबको विकल्प हरित गृह ग्याँसको उत्सर्जन कम गर्नु हो, बिरुवा रोपन र काठ जन्य प्रयोगका माध्यमबाट कार्बन जन्य ग्याँस घटाउन सकिन्छ । मौसम पुर्व सुचना प्रणाली प्रभावकारी बनाउने, जलवायू मैत्री संरचना बनाउने, जनचेतना जगाउने, कार्वन सोस्ने प्रविधिको बिकाश तथा प्रयोग गर्ने, कृषिमा जलवायू मैत्री खेति प्रणाली अपनाउने, बन क्षेत्रमा डढेलो नियन्त्रण गर्ने, स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि तथा उपचारको आविष्कार गर्ने, प्राकृतिक स्रोतको दिगो ब्यबस्थापन गर्ने  जस्ता कार्यहरु गरि जलवायू परिवर्तन बाट अनुकुलन हुन सकिन्छ ।