हेटौंडा: बकैया गाउँपालिकामा हालै अर्को एउटा बालबिबाह रोकिएको छ । बकैया-३ का एक युवकसँग बिबाह गर्न लागेकी ललितपुरकी १७ वर्षीय किशोरीको बालबिबाह स्थानीय तहको निगरानी र पहलमा रोकिएको हो।

बिबाह गर्ने उद्देश्यले बकैया-३ का २१ वर्षका युवकसँग लकडाउन अघि आएको पाइएको र कानून बिपरित रहेकोले उनीहरूलाई बुधबार प्रहरी, अभिभावक, जनप्रतिनिधि र सिविनका प्रतिनिधिको रोहवरमा अलग गरिएको सिविन बाल हेल्पलाइनका झविन्द्र ज्ञवालिले जानकारी दिए।
छलफलमा सोही वडाका वडाध्यक्ष दिल बहादुर भोम्जन, बकैया गाउँपालिका कर्मचारी फटिकरमण प्ययाकुरेल, हात्तिसुँडे प्रहरी ष्ण राज गौतम, सिविनका झविन्द्र ज्ञवाली, अभिभावक र दुई केटाकेटी उपस्थित ।
केटापक्षमा एक अभिभावक आमा मात्र, बाबू अर्कैसँग बिहे गरि गएको ।
केटी बाबू बितेको, आमा अर्कैसँग बिहे गरि गएको ।
परामर्शको लागि बाल हेल्पलाइनमा पठाइएको । वडा कार्यालयमा छलफल । हजुरआमा सँग बस्दै आएको । १० कक्षा पढेर छोडेको, केटाले ८ कक्षा पढेर छोडी काठमाडौमा गाडी चलाउने काम गर्दै आएको । सामाजिक संजाल, फेसबुक लगायत बाट प्रेम सम्बन्ध स्थापित भइ बिबाह गरेर कतिपय केटीहरू त छोड्ने मनस्थितिमा पुगिसकेका हुन्छन्।
मिलाएर, सम्झाएर पठाइएको हो- मुद्दा दर्ता हुने हो भने एउटा वडाकै ४०/५० वटा मुद्दा हुन्छन् ।