Photo: Google

चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा रहेका एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

भरतपुर अस्पतालको आईसीयूमा रहेका एकजना संक्रमितको मंगलबार बिहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ ।

उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन । भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई हिजो सोमबार मात्रै कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । प्राप्त जानकारी अनुसार उनमा मुटु र निमोनियाको समस्या थियो ।