हेटौंडाः रौतहट र बारामा सोमबार बिहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३०४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिमा ८ जना र बाराको करैयामाई एक जना कोरोना संक्रमित भेटिएका हुन्। कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन आह्वान गरेको ५६औं दिनमा उक्त भाइरसका कारण २ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ३०४ जना संक्रमित फेला परेका छन् ।

व्यवहारिक कठिनाईका कारण लकडाउन खुकुलो पारिएपनि जोखिम बढेपछि पुनः लकडाउन कडाई पारिनुका साथै सरकारले परीक्षणलाई पनि तीब्रता दिएको दाबी गर्दै आएको छ ।