राहुल गुप्ता/वीरगंजः पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये ४ जना पत्रकार भएको नारायणी अस्पताल मे.सु. डा मदन उपाध्यायले जानकारी दिएका छन् ।
वीरगंजमा पहिलो एक पटक ३१ चैतमा तिन जना जमातीमा संक्रमण भेटिएको थियो। छपकैयामा एकै परिवारमा २८ जनामा संक्रमण पुष्टि भएको छ । बिरगंजका पत्रकारहरुले जोखिम मोलेर रिपोर्टिड गर्दै आएका छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।
नेपालमा आज एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएकोमा थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।