राहुल गुप्ता/पर्साः बारा र पर्साका थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । भारतको नयाँदिल्लीस्थित निजामुद्दिनले मर्कतबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाईएको हो ।
नारायणी अस्पताल स्रोतका अनुसार बिरगंजको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको हो। हेटौंडास्थित ल्याबमा उनीहरुको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ भेटिएको हो ।
जमातबाट फर्केर आएकाहरुको सम्पर्कमा रहेका उनीहरु सबै नेपाली नै हुन्। यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुगेको छ । यस अघि रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।