हेटौंडा,माघ १३
विदेशीक रोजगारको लागि दुबई गएका एक नेपालीको भवन निर्माण गर्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ५ बबरपुर बस्ने ३५ वर्षीय सोमराज वली रहेका छन् । भवन निर्माणको क्रममा लडेर गम्भीर घाइते भएका वलीको उपचारको क्रममा शनिबार मृत्यु भएको स्थानीय प्रेम केसीले बताए । बली २ वर्ष पहिले रोजगारीको शिलशिलामा दुबई पुगेका थिए ।