हेटौंडा,माघ १३
देशकै महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास भएको हेटौंडाको सहिद स्मारकमा मगंलबार राष्ट्रपति विद्यादेवि भण्डारी आउने भएको छ । बागमती प्रदेश हेटौंडा स्थित सहिद स्मारकको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका सहिद प्रतिमाहरुको अनावरण गरिने कार्यक्रम राखेकाले राष्ट्रपति भण्डारी आउने भएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीसंगै विभीन्न देशका राजदुतहरु पनि आउने भएका छन् ।

राजदुतहरुले शहिद स्मारकसंगै, मकवानपुर गढी लगायतका पर्यटकिय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको सहिद स्मारक विकास समितिले जनाएको छ । समितिले कार्यक्रमको तयारी पुरा भईसकेको तथा स्मारकमा राष्ट्रपति आउने भएपछी सुरक्षा व्यावस्था कडा पारिएको पनि जनाएको छ । हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ ।

विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको हेटौँडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल सहिद स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको यही माघ १४ गते अनावरण गरिने भएको हो । स्मारमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ ।