हेटौंडाः सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज मंगलबार बिहान उनले संघीय संसद भवनस्थित ल्होत्से हलमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक, नेकपाका सांसद देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मेवदारी दर्ता गराएका हुन् । सभामुख पदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने उम्मेदवारी नदिने भएको छ ।
मंगलबार बिहान बसेको काँग्रेस संसदीय दलको कार्यसमिति बैठकले सभामुखका लागि उम्मदवारी नदिने निर्णय गरेको हो । सभामुख पदमा उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको छ ।