हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा फेला पारेर उपचारको क्रममा मृत्यु भएका आठै जना पर्यटकको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा भारत केरला बस्ने ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रबिण, ३२ वर्षीय सरिया, ५ वर्षीय अभि, ७ वर्षका अर्चना, ५ वर्षका बैशनव र नौ वर्षका बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले जानकारी दिए ।

वेहोस अवस्थामा फेला पारिएका उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगिएको थियो । काठमाडौंको हेम्स अस्पतालमा उपचारको क्रममा डाक्टरहरुले बेहोस रहेका आठै जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार रुममा हिटर बालेर सुतेका उनीहरु विहान अचेत अवस्थामा भेटिएका थिए । मृत्युको थप कारण पोष्टमार्टम रिर्पोट पछि आउने उनको भनाई छ ।