हेटौंडा, माघ ५
अनौठो आकृतिको सेताम्मे भीर नुन खानी भएको खुलासा भएको छ। जसको सेतो धुलो चाख्दा नुनको स्वाद आएपछि स्थानीयले नुन खानी भएको अनुमान गरिएको हो । स्थानीय चौरी गोठाला दिनहुँ त्यहाँ पुगेर नुन चाख्छन् र पाइने सेतो धूलो प्रसादका रूपमा घर लान्छन् । जुगल गाउँपालिका ३ तेम्बाथान गाउँको जंगली भीरको भित्ताभरी स्वाद चाखेपछि त्यहाँका गोठालाले नामै ‘नुनिलो भीर’ राखेका छन् । भीरको तल्लो ढिस्को कडा छ ।

माथिल्लो भागबाट पानी झरिरहन्छ । प्राकृतिक नुन खुवाउन चौरी गोडाला भीरमै पुग्छन् । ‘तेम्बाथानका गाउँले नुन चाहिए त्यहीं खोतलेर ल्याउँछन्,’ स्थानीय साइला शेर्पा भन्छन्,‘भीरमा पक्कै यो नुनको खानी हुनुपर्छ ।’ नुनको स्वाद पाइएकाले सेताम्मे रङको भीरलाई नुनिलो भीरि भनेर चिनिने गरिएको उनले सुनाए ।