हेटौंडा,पुस ११
माईती नेपाल हेटौंडाको आयोजनामा मानवबेचविखन विरुद्ध तथा सुरक्षित आप्रावासन सम्वन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम भएको छ । मनहरी गाउँपालिका हाँडीखोला ४ स्थित श्री पशुपतिनाथ माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा बालविवाह सम्वन्धि सरकारद्धारा निर्माण भएको तत्कालिन नीतिको जानकारी लगायत मानवबेचविखनका विषयमा विद्यार्थीहरु वीच अन्तरक्रिया एव् छलफल गरेर सचेतना गराईएको हो ।

अन्तरक्रिया तथा छलफलको सहजीकरण माईती नेपालको कार्यक्रम संयोजक माया लामा र बालविवाह मुक्त प्रदेश अभियानका सहजकार्ता पविना लामाले गरेको हो । छलफलको क्रममा आफैहरुसंग पढ्दै गरेको साथीहरु उमेरै नपुगी विवाह गर्ने गरेको समेत विद्याथीहरुले बताएका छन् । यस कार्यक्रमका प्रमुख अतिथि रहेका सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले मन्तव्यको क्रममा बोल्दै आफ्नो छोरीले १५ वर्षमा नै विवाह गरेर दुख पाएको उदाहरण दिदै अबका विद्यार्थी भाई बहिनीहरुले यस्तो गल्ति नगर्न अनुरोध गरेका छन् ।

यसैगरी उमेर नपुगी विवाह गर्दा बालवालिकाको मानसिक, सामाजिक, आर्थिक, शैक्षिक लगायत सम्वेगात्मक असर पर्ने र उच्चमानव बेचविखनको जोखिमसम्म रहने विद्यालयका प्रध्यानाध्यापक तथा कार्यक्रमका सभा अध्यक्ष भानुभक्त आचार्यले कार्यक्रम समापन गर्ने क्रममा यसो बताएका छन् । कार्यक्रममा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष सरिता दाहाल , माईती नेपाल कै कार्यक्रम सहसंयोजक मन लामा तथा विद्यालयका शिक्षकहरुको सहभागितामा अभिमुखीकरण भएको हो ।