पोखराः कास्की–२ मा सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईको अग्रता बढेर दोब्बर पुगेको छ । जारी मतगणनामा सुरुदेखि नै ‘लिड’ गरेकी भट्टराईले ११ हजार ८ सय ३६ मत ल्याउँदै आफ्नो मतान्तर दोब्बर बनाएकी हुन् ।

उनलाई सुरुदेखि नै पछ्याइरहेका कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ पाएका छन् ।

पोखरा महानगरपालिकाबाट कास्की–२ को मतगणना भइरहेको छ । अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ ।

यो समाचार तयार पार्दासम्म वडा नं. १६ को मतगणना भइरहेको र गणना आज रातिसम्ममा सकिने अनुमान छ ।