काठमाडौंः नवनियुक्त स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयका कर्मचारीको समायोजनको काम टुंगोमा पुर्याउन अगुवाई गर्ने बताएका छन् । मन्त्रालयमा पदभारत ग्रहण गरेलगत्तै छोटो मन्तव्यमा मन्त्री ढकालले कर्मचारीको समायोजनको कामलाई निश्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएका हुन् ।

पदभार ग्रहण कार्यक्रममा उनले राजनीतिक अस्थाका आधारमा काम गराउँछु भन्ने सोच लिएर स्वास्थ्य मन्त्रालयमा नआउन पनि आग्रह गरे । मन्त्रालयमा पदभारत ग्रहण गरेलगत्तै मन्त्री ढकालले यो वा त्यो अस्थाका आधारमा भेदभाव नगरी सबैसँग समान ढंगले काम गर्ने बताएका हुन् ।

‘राजनीतिक अस्थाका आधारमा काम लिएर आउने सोच नबनाउँदा हुन्छ, उनले भने,’ ‘हामी सबैले मिलेर समान ढंगले गुणस्तरीय काममा जोड दिने हो ।’ स्वास्थ्य मन्त्रालयका कर्मचारीको समायोजनको काम टुंगोमा पुर्याउन अगुवाइ गर्ने पनि बताए ।

सिंहदरबार बाहिर रहेको मन्त्रालयको जटिल समस्या समाधान गर्न भनेर सरकारले आफूलाई पठाएको भन्दै उनले स्वास्थ्यका समस्या समाधान गर्न आफू निरन्तर लागिरहने पनि बताए ।