हेटौंडा,८ कात्तिक: प्रदेश नम्बर ५, बुटवलको उजिर सिंह माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापको बार्षिक कार्यतालिका अनुसार विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लगेको छ ।
यही कार्तिक १ गते देखि ६ गतेसम्म कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई नेपालको पूर्वका विभिन्न पर्यटकीय स्थलहरुमा, ऐतिहासिक स्थल एव् प्रमुख सहरहरुको अवलोकन गराउने उदेश्यले सो भ्रमण लगेको हो ।
पश्चिमेली विद्यार्थीहरुलाई शैक्षिक भ्रमण पुर्वतिरको पशुपतिनगर, इलाम, धरान, धनकुटा, हिले, पाख्रिबास, लाहान, बर्दिबास, इटहरी,जनकपुर, लगायतका पर्यटकीयस्थल साथै धार्मिक स्थलहरुको अध्ययन एंव अवलोकन गराईएको शैक्षिक अवलोकन भ्रमण संयोजक शिक्षक गौतम लाल शाक्यले जानकारी दिए ।
यस्तो खालको शैक्षिक अवलोकन भ्रमणले विद्यार्थीहरुको सिकाइमा समेत थप टेवा मिल्ने र विद्यार्थीहरुले नयाँ नयाँ ठाँउको भैगोलिक अवस्था, पर्यटकीय तथा धार्मिकस्थलहरुको बारेमा जानकारी प्रप्त गर्नमा सहज हुने भ्रमणमा सहभागी विद्यालयका स प्र.अ. एवम् अतिरिक्त क्रियाकलाप संयोजक बसुन्धरा भूषालले बताएका छन् ।
साथै कक्षाकोठामा किताबमा पढेका कुरालाई प्रत्येक्ष रुपमा देख्न र अवलोकन गर्न पाउदा आफूहरु अत्यन्त उत्साहित भएको जसको कारणले सिकाइमा समेत प्रत्येक्ष फाईदा हुन गएको विद्यार्थी सपना थापाले बताइन । उक्त भ्रमणमा प्र.अ. पदम राज ज्ञवाली, निवर्तमान प्र.अ. मुहम्मद महबुब खाँ साथै भ्रमण दलका सदस्यहरु क्रमशः ङनी गुरुङ, यम प्रसाद श्रेष्ठ, रिता ज्ञवाली लगायत विद्यालयका शिक्षक एवम् ब्रम्हचारीहरु सहभागी रहेका थिए ।