हेटौंडाः यौन दुव्र्यवहारको आरोप लागेका संघीय सांसदका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले आज मंगलबार दिउँसो उपसभामुख शिवमाया तुम्बाहाम्फे समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

आफूमाथि लागेको आरोपबारे ‘सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस्’ भनेर राजीनामा दिएको महराले बताएका छन् । उनले राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले बताएका छन् ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाव दिएको थियो । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । तर महराले आरोपको खण्डन गरेका छन् ।