काठमाडौं , १० असोज । पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो ।
धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ गन्तब्यका रुपमा घोषणा गरिएको हो । घोषित गन्तव्यलाई वर्षभर विविध पर्यटकीय गतिविधिमार्फत प्रवद्र्धन गरिन्छ ।