सांकेतिक तस्वीर

हेटौंडा,७ असोजः बडा दशैंको उपलक्ष्यमा हेटौंडामा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुपथ मूल्य पसल राख्नको लागि अनुरोध गरेसँगै सोही बमोजिम हेटौंडामा केही खाद्यान्नहरुमा सहुलियत दर निर्धारण गरी दशैं लक्षित सुपथ मूल्य पसल संचालन गर्ने भएको हो ।
गत भदौ ३१ गते मकवानपुर उद्योग वाणिज्य संघमा खाद्यान्न व्यवसायी संघ मकवानपुरका प्रतिनिधिहरुसँग भएको छलफलको निश्कर्ष स्वरुप सहुलियत दर निर्धारण गरिएको संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले बताए ।
बडा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म सञ्चालन हुने उक्त सेवाका लागि सहुलियत दरमा बिक्री गर्ने हेटौंडाका ११ वटा खाद्यान्न पसलहरु यसप्रकार छन् ।
श्री वैद्यनाथ बाबा आलु प्याज भण्डार, हेटौंडा—२, प्रभाकरपथ,
मणी खाद्यान्न सेन्टर, हेटौंडा—२, प्रभाकर पथ,
माहामती खाद्यान्न भण्डार, हेटौंडा —२, प्रभाकरपथ,
माँ वैष्णव खाद्यान्न भण्डार, हेटौंडा—४, कान्तिराजपथ,
स्मृति खाद्यान्न भण्डार, हेटौंडा—२, कान्तिराजपथ,
माहाबीर किराना पसल, हेटौंडा —२, कान्तिराजपथ,
जमादार स्टोर्स, हेटौंडा—२, कान्तिराजपथ,
राधाकृष्ण खाद्यँन्न भण्डार, हेटौंडा —२, कान्तिराजपथ,
एच पि सप्लायर्स, हेटौंडा—२, कान्तिराजपथ,
शिवशक्ति सप्लायर्स, हेटौंडा—२, मउवासंघ चोक र,
उत्सव सप्लायर्स, हेटौंडा–४, भुटनदेवी स्कुल रोड
माथि उल्लेखित पसलहरुबाट मात्र उक्त सहुलियत दररेटमा उपभोक्ताले खरिद गर्न सक्ने संघका सचिव तथा प्रवक्ता काब्यमणी अधिकारीले जानकारी दिएका छन् ।
सहुलियत दर अन्तर्गत कुन सामानको कति?
जिरा मन्सुली (स्टिम २५ किलो) प्रति बोरा रु. १६२५।–,
जिरा मसिनो (स्टिम गोरखनाथ २५ किलो) प्रति बोरा रु. १५२५।–,
१ नं. सोना मन्सुली (३० किलो) प्रति बोरा रु. १२५०।–,
स्टिम चिउरा (२० किलो) प्रति बोरा रु. १२००।–,
स्टिम चिउरा (साधारण) (५ किलो) प्रति बोरा रु ३२५।–,
धारा तोरी तेल (१० लिटर) प्रति कार्टुन रु. १९९०।– र,
सोयाबिन तेल (१० लिटर) प्रति कार्टुन रु. १३००।–
प्रवक्ता अधिकारीका अनुसार उपभोक्ताले तोकिएको समयभित्र सुपथ मूल्यमा उल्लेखित खाद्यान्न प्राप्त गर्न सक्नेछन् ।