असोज ७
मकवानपुरको वकैयाँ गाउँपालिकाको हात्तिसुडेमा निर्माणाधिन प्रहरी चौकी भवनको आज अनुगमन गरिएको छ । प्रदेश–३ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा निर्माण भएको प्रहरी चौकी भवनको आज अनुगमन गरिएको हो । प्रदेश सरकारले बिभीन्न जिल्लामा निर्माण गर्न लागेका भवन मध्य हात्तिसुढेको भवनको आज अनुगमन गरिएको हो । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जमकट्टेलसहित प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मन्त्री जमकट्टेलले समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । प्रदेश सरकार जति सक्दो चाडै काम सम्पन्न गर्न चाहान्छ ,सरकारको उदेश्य अनुसार काम सक्न मेरो अनुरोध छ उहाँले भन्नुभयो । अनुगमनमा मन्त्रालयका सचीव, प्रदेश ३ का प्रहरी प्रमुख डिआइजी शेर बहादुर बस्नेत, गाउपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकेश कुमार सिह लगायतको उपस्थित रहेको थियो ।