हेटौडा, ४ भदौ । मकवानपुर जिल्लामा लामखुट्टेको टोकाईबाट हुने डेंगू रोगको संक्रमण जाँच सम्बन्धी किट अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय हेटौडामा आज दुई सय किट मगाएर जाँच शुरु भएको छ ।

कार्यालयले किट अभाव भएको सूचना लिखित जारी भएपछि विरामी र तिनका आफन्तहरुले व्यापक गुनासो गरेका थिए । कार्यालय प्रमुख शशिकान्त सिंहले स्वास्थ्य कार्यालयमा निशुल्क डेंगू रोगको जाँच गरिन्छ र अभाव रहेको किट मन्त्रालयबाट मगाइएको जानकारी दिनुभयो । मकवानपुर जिल्लामा साउन मसान्त सम्ममा २१८ जना व्यक्तिमा डेंगू रोगको संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

यता हेटौडा उपमहानगरपालिका भित्र ४ न. वडा बढी प्रभावित रहेको समेथ प्रमुख सिंह जानकारी दिनुभयो । त्यसो त हेउनपाले पनि विभिन्न स्थानहरुमा यो रोगबारे जनचेतनामुलक कार्यक्रम गरिरहेको जानकारी दिएको छ ।

उता नीजि क्षेत्रबाट सञ्चालिक अस्पताल र नर्सिङहोमहरुमा एकजना विरामी बराबर तीन हजार सम्मको खर्च डेंगू रोगको बहानामा लिने गरेको पाइन्छ ।