तस्वीरः सामाजिक सञ्जाल

हेटौंडाः नेपाली आदिवासी जनजातिहरुले आज शुक्रबार विश्व आदिवासी दिवस मनाईरहेका छन् । हरेक वर्ष अगष्ट ९ मा विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।

आदिवासीहरुको हकहितका लागि मनाईने यो दिवस पछिल्लो समय नेपालमा पनि व्यापक बन्दै गएको छ । अधिकार, प्रतिनिधित्व र स्वायत्तता र स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मूल नाराका साथ आज आदिवासी दिवस मनाईंदै छ । जनजातिहरुले काठमाडौं लगायत देशका मुख्य शहरहरुमा र्याली, सभा जस्ता कार्यक्रम गरेका छन् ।