काठमाडौंः मंगलबार प्रतिनिधिसभाको बैठक चलिरहेको बेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद विरोध खतिवडा उठे ।
अन्य सांसद विशेष समय अन्तर्गत बोलिरहेका बेलामा उनले ध्यानाकर्ण भन्दै बोल्न थाले।
‘मैले सदनको नियमलाई ध्यानाकर्षण गर्न खोजेको हुँ। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईजी, अहिले जहाँ बसिरहनुभएको छ। त्यही नै सही हो वा संसदले व्यवस्थापन ठीक नगरेको होरु या उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो ?’
यसकारण म सभामुखलाई के अनुरोध गर्न चाहन्छु भने पूर्व प्रधानमन्त्रीज्युलाई बस्ने उपयुक्त व्यवस्था गर्दै ठाउँ देखाइदिन पनि अनुरोध गर्छुु, उनले भने।
सभा सञ्चालन गरिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले निर्वाचन आयोगबाट औपचारिक रुपले पत्राचार नभएकोले गर्दा डा भट्टराईले पहिलेकै स्थानमा बसिरहेको बताइन्।
‘निर्वाचन आयोगबाट औपचारिक रुपले पत्राचार भइसकेपछि हामी उहाँलाई बस्ने व्यवस्था गर्ने छौ ‘ उनले भनिन्। –नेपाललाइभबाट