दाङ,१८ चैत्र । राष्ट्रघाती नागरिकता विधेक विरुद्धको हस्ताक्षर कार्यक्रम हिजो दाङको घोराहीमा र आज तुलसीपुर वि.पि.चोकमा सम्पन्न भएको छ ।
सरकार नागरिकता विधेकद्वारा नागरिकता प्राप्तिको खुकुलो प्राबधान ल्याउदैछ भन्दै दाङमा सो अभियान संञ्चालन गरिएको हो । पहिला २०६३ मा जनमतको आधारमा नागरिकता दिने नितीका कारण धेरै गैर नेपालीले पनि नागरिकता लिएको अनुभव छदै अहिले त्यो भन्दा पनि खुकुलो र बिदेशी हरुलाइ पनि बंशजको नागरिकता दिने र संबैधानिक पदमा समेत उनीहरुलाइ पुराउने डिजाइनका साथ यो बिधेक आएकोले यसको बिरोध गर्नु परेको राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जानाकारी दिए।
हिजोको हस्ताक्षर पछिको कोण सभामा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा मालेका जिल्ला सचिब नेत्र प्रकाश पाण्डेले आ–आफ्नो धारणा राखे । नागरिकता विधेक बिरोधि संघर्स समन्वय समितिको आयोजनामा देशभरी नै हस्ताक्षर अभियान चलेको छ । राष्ट्रिय जनमोर्चा नेकपा मसाल नेकपा माले लगायतका दल र विभिन्न क्षेत्रका बिज्ञ, देशभक्त तथा राष्ट्रप्रेमीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।