हेटौंडा, १४ चैत्र
नेपालको मुख्य व्यपारिक नाका विरगंज भन्सार कार्यालको राजस्व तोकिएको लक्ष्य अनुसार उठ्न सकेको छैन ।

कार्यालयका अनुसार चालु आ.ब २०७५/ ०७६ को फागुन महिनासम्मको लक्ष्य रु. १ खर्व ८१ अर्ब ११ करोड रहेको भए पनि सो कार्यालयले रु. १ खर्ब १ अर्ब २८ करोड मात्रै राजस्व संकलन गरेको बताईएको छ । कार्यालयले लिएको लक्ष्यको ९३.४५ प्रथिशत मात्रै राजस्व संकलन भएको छ । भन्सार नाकाबाट औद्योगिक तथा व्यवसायिक आवश्यकताका सामग्रीको आयातमा भएको कमीको कारण लक्ष्य अनुसार राजस्व नउठेको भन्सारको कार्मचारीहरु बताउनु हुन्छ । उता भन्सार एजेन्टहरुका अनुसार दैनिक उपभोग्य व्यवसायिक तथा औद्योगिक सामग्रीमा भन्सार मुल्यांकन अत्याधिक गरेपछि व्यवसायिहरुले भन्सार नाकाबाट समान ल्याउन कम गरेको गुनासो गरेका छन् ।


उद्योगहरुको लागि आवश्यक पर्ने कच्चा पदार्थ, विविध किसिमको उपकण, सिमेन्टउद्योगका जिप्सम, क्लिङ्कर, गाडीका पाठपुर्जा मोटरसाईकल, स्काभेटर, क्रेन, विधुत आयोजनाका विधुतिय सामग्री तथा पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्यका सामाग्रीका आयतमा कमी आएको कारण भन्सार राजस्व लक्ष्य अनुसार उठ्न नसकेको बताईएको छ । भन्सार कार्यालयका प्रमुख श्याम भन्डारीले चालु आ.ब को साउन देखि फागुनसम्म आयतमा भएको कमीको कारण राजस्व लक्ष्य अनुसार संकलन नभएको भन्नु भयो । जति आयत र निर्यात हुन्छ त्यति नै राजस्व उठ्छ उहाँको भनाई रहेको छ । सो नाकाबाट नेपाल बाहिर आल्मुनियम, छड, डण्डी, जमोट कपडा, सि.आर सिट, हात्ते झोला, टोपी, तामाको सामान, फिडसप्लीमेन्ट, स्पोर्ट सुज, जुस, जाम र कृषी जरीवुटी लगायतका सामाग्री निर्यात हुने गरेको छ ।