हेटौंडा, ६ चैत्र
नेपाल साफ च्याम्पियनसिप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको शहिद रंगशालामा बुधबार श्रीलंकालाई ४–० गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा रेखा पौडेल, सावित्रा भण्डारी, पुनम जर्घामगर र अनिता बस्नेतले गोल गरे । रक्षात्मक रणनिति अपनाएको श्रीलंकाविरुद्ध नेपालले ४२ औं मिनेटमा खाता खोलेको थियो । पुजन जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

सावित्रा भण्डारीको हेड बलमा पुनमले गोल गरिन् । ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । ८३ औं मिनेटमा सवित्रा भण्डारीले गोल गर्दै नेपाललाई जित नजिक पुर्याएकी थिइन् । ८६ औं मिनेटमा रेखाले गोलगर्दै टोलीलाई सहज जित दिलाइन् । रेखाको यो राष्ट्रिय टोलीबाट डेब्यु गोल हो । उपाधिका लागि नेपालले फाइनलमा भारत र बंगलादेशबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।