संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनमा सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।
मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको हो । सरकारले राष्ट्रिय शोकको घोषणासँगै आज सार्वजनिक विदाको घोषणा गरेको छ ।
देशभर तथा विदेशस्थित कुटनीतिक नियोगहरुमा भोली राष्ट्रिय झण्डा आधा झुकाइने छ । मन्त्री अधिकारीको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।