हेटौंडा,
फागुन १५
पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको टोलि चढेको हेलिकोप्टर दुर्घटना भएको छ । ताप्लेजुङको पाथीभारा मन्दीर दर्शन गरेर चुडान डाडाँ एयरपोर्ट निरिक्षणका लागि जादै गर्दा दुर्घना भएको हो ।

संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका मन्त्री अघिकारीसहित सातजनाकै निधन भएको जानकारी दिएका छन् ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास शेरचन र अर्का एकजना सवार थिए ।