हेटौंडा,
फागुन १४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत सरकारी चिकित्सक संघ बीच सोमबार भएको वार्ता निष्कर्षविहीन भएको छ ।
स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव र आन्दोलनरत सरकारी चिकित्सकबीच भएको वातामा कुनै सहमति हुन नसकेको सरकारी चिकित्सक संघका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिए ।
मन्त्रालयले चिकित्सकको माग जायज भएको बताएपनि निकासको बाटो तय हुन नसक्दा वार्तामा निष्कर्षविहिन भएको बताइएको छ ।
कर्मचारी समायोजनको विषयमा विरोध जनाउँदै आएको सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि आइतबारदेखि लागू हुने गरी सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
मंगलबारसम्म माग सम्बोधन नभए बुधबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने संघको चेतावनी छ ।