सांकेतिक तस्वीर

हेटौंडा,
माघ २४
१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा अर्घाखाँचीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शितगंगा नगरपालिका–६ जकुनेकी ४२ वर्षीय पुरुषले आफ्नै १२ बर्षिया छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै बावुबाट बलात्कृत बालिकाले हजुर बुवासँग आफू बलात्कृत भएको पीडा फोनमार्फत सुनाएपछि घटना बाहिरिएको हो ।
दुई दिनअघि घरमा आमा र हजुरबुवा नभएको बेला बाबुले आफूलाई बलात्कार गरेको पीडित बालिकाले हजुरबुबालाई रुदै फोनमार्फत सुनाएकी थिइन् ।
तत्पश्चात हजुरबुबाले बुधबार प्रहरीमा उजुरी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बुधबार नै बलात्कार आरोपी बाबुलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए । ‘घरमा कोही नभएको बेला एक्लै बसेकी छोरीलाई बाबुले बलात्कार गरेछन् , पछि पीडितबालिकाले फोन गरेर हजुरबुवालाई यो कुरा भनिछन्’,–डिएसपी मल्लले भने, ‘ त्यसपछि आमालाई खबर भएपछि जाहेरी दिइयो र निज बाबुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।’