हेटौंडा
माघ २१
व्यापक रुपमा खानेपानी समस्या रहेको थाहानगरपालिकामा रु.२ करोड ५६ लाखको लागतमा खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ । सामुदायिक विकास केन्द्र नेपालको आर्थिक सहयोगमा सुरु गरिएको सो आयोजनामा ६ सय ८८ धारा तथा पाईप र पानी टंकी निर्माण गरिने बताईएको छ । उत्तकm विकास केन्द्रको संयोजक सन्तोष ढकालले सो नगरपालिकाको वडा १० को बासिन्दाले झेल्दै आएको खानेपानी समस्या यस आयोजनाको निर्माणबाट हल हुने बताउनु भयो । आयोजना निर्माणको १० प्रतिसत रकम स्थानिय तहले व्योहर्ने कार्यक्रम अन्तर्गत वडा नम्बर १० वाट रु.१५ लाख विनियोजन भएको हो ।
खनेपानीका लागि वडा नम्बर १० स्थित फिसिङखेलको धारा चौउरमा बोरिङ गरि खाने पानी वितरण हुने र धारामा मिटर जडान गरिने सो वडा कार्यलयले जनाएको छ । २०७२ सालको भुकम्प पछि पानीको स्रोत सुक्दै गए पछि खाने पानीको समस्या बड्दै गएको वडा अध्यक्ष हिरा बहादुर गमालले बताउनु भयो ।